सेवा विकास र नबिल इन्भेष्टिमेण्ट बैंकबीच मरामर्श सेवा सम्बन्धि सम्झौता

  Sampatti News

September 25, 2020

काठमाडौा । नेपाल धितोपत्र बोर्डबाट ईजाजत पत्र प्राप्त नबिल इन्भेष्टमेण्ट बैकिंग लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त कामना सेवा विकास बैंकबिच संस्थागत परामर्श सेवासम्बन्धि सम्झौता सम्पन्न भएको छ । असोज ५ गतेका दिन दुई बैंकबीच सम्झौता भएको हो ।

कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्ने छ ।

संस्थागत परामर्श सेवासम्बन्धि अन्य जानकारीः

संस्थागत परामर्श सेवा भन्नाले विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अर्को शब्दमा भन्दा फाइनान्सियल एडभाइजरी तथा वित्तिय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।

नविल ईन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले वित्तिय क्षेत्रमा पूँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावित नाफा÷जोखिमको अवस्थिति÷मुल्यांङ्कन लगायतका बिषयमा परामर्श दिने गर्दै आएको छ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्प्रर्धात्मक क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकता÷खोजी हुने गरेको पाईन्छ ।

यसका साथै व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्दछन् । विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बुद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनिलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचान÷मुल्य सिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ ।

वित्तिय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायिहरुले व्यवसायिकरुपमा बढाउँदै लगेका छन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्य विबिध÷धेरै सेवाहरु प्रदान गर्दछ । नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् ।

२०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाईसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेकोछ । नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडले क्यापिटल मार्केट तथा इन्भेष्टमेन्ट बैङ्किगको दृष्टिकोणबाट यस कम्पनीले आफ्नो कार्यपद्धतिलाई अगाडि बढाइ रहेको छ । संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैङ्किग लिमिटेडबाट कामना सेवा विकास बैंकले निम्न लिखित सेवाहरू आफ्ना ग्राहक वर्गहरुलाई प्रदान गर्न सक्नेछस्
१. संगठित संस्थाको संरचना हेरफेर
२. मुल्याङ्कन
३. हेज फण्ड
४. प्राइभेट इक्विटी
५. व्यवसायिक योजना
६. सम्पत्ति व्यवस्थापन
७. लोन सिन्डिकेशन
८. मर्जर तथा एक्युजिसन
९. वर्किङ क्यापिटल फाइनान्सिङ
१०. लगानी सम्बन्धि परामर्श
११. भेन्चर क्यापिटल
१२. प्रत्यक्ष वैदेशीक लगानी सम्बन्धि सेवा

प्रकाशित मिति:September 25, 2020