आईपीएलमा जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

Nepal Cover
२५ मंसिर २०८१, मंगलवार
image

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।

एनपीएलमा यी दुवै टोलीले हालसम्म चाररचार खेल खेलिसकेका छन् । जसमा जनकपुर अपराजित छ भने सुदूरपश्चिम एक खेलमा पराजित भएको छ।

जारी लिगमा जनकपुर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा। दुई टोलीबीचको प्रतिस्पर्धा अहिले ९ बजे सुरु हुनेछ।

लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। यता सुदूरपश्चिम चौथो जितको खोजिमा छ ।