जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली, काठमाडौं पराजित

Nepal Cover
२७ मंसिर २०८१, बिहीबार
image

काठमाण्डू, जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

नेपाल प्रिमियर लिगको जारी खेलमा जनकपुर बोल्टस प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित खेल मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेल अघि नै प्लेअफमा पुगेको हो ।

जनकपुरले आफ्नो ६ खेल मध्ये ५ खेलमा जीत निकालेको थियो । बिहीबार काठमाडौंलाई हराएको जनकपुर अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग अप्रत्याशित रूपमा पराजित हुनु पुगेको थियो ।

उदघाटन खेलमा जनकपुरले विराटनगर किंग्स, दोस्रो खेलमा कर्णाली याक्स, तेस्रो खेलमा पोखरा एभेन्जर्स र चौथो खेलमा लुम्बिनी लायन्सलाई हराएर अपराजित यात्रा निकालेको थियो ।

अपराजित यात्रामा निस्केको जनकपुर यसअघिको खेलमा भने सुदुरपश्चिमसँग पराजित भएको हो, जुन एक पराजित खेल मात्रै हो ।

अबको अन्तिम खेलमा चितवन राइनोजसँग भिड्ने जनकपुर १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।