गण्डकीका उच्च भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

Nepal Cover
३० मंसिर २०८१, आईतवार
image

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ। दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ।

राति भने देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।