December 16, 2024
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको सबै खेल सकिएको छ । लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ खेल्ने चार वटै टोलीको पनि टुंगो लागिसकेको छ ।
सार्वजनिक तालिकाअनुसार भोलिदेखि खेल सुरु हुनेछन्। चार टिम प्लेअफ समीकरणमा रहेका छन्। समूहचरणमा शीर्षमा रहँदै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज र कर्णाली याक्स यो समीकरणमा छन्।
तालिका अनुसार तेस्रो र चौथो टिमले पहिले इलिमिनेटर खेल्नेछन्। जसमा भोलि बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ।
दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्सबीच क्वालिफायर १ हुनेछ।
पर्सी बिहीबार भने क्वालिफायर २ हुनेछ। जहाँ इलिमिनेटरको विजेता र क्वालिफायर १ को पराजित टोलीबीच हुनेछ। क्वालिफायर १ को विजेता सिधैं फाइनलमा जानेछ।
क्वालिफायर २ बाट विजेता बनेको टोलीले क्वालिफायर १ को विजेतासँग शनिबार फाइनल खेल हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी थिए। मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडु गुर्खाज्, जनकपुर बोल्ड्स र विराटनगर किङ्स रहेका थिए।
प्रकाशित मिति:December 16, 2024
December 17, 2024