एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा भारतसँग अंक बाँडेको नेपाल समूह विजेता

  Sampatti News

December 16, 2024

काठमाण्डू, मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो ।

वर्षा नरोकिएपछि नेपाल र भारतले एक(एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

भारत समान ३ अंकसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति:December 16, 2024