नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट

Nepal Cover
१ पुष २०८१, सोमबार
image

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो।

अाज नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ ।

मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।

त्यस्तै, सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको छ । एकदमै कम मात्रामा सेयर आपूर्ति भएको यो कम्पनीको कारोबारमा कर्नरिङको आशंका गरिएको छ ।

मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने त्यति नै संख्याका कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको सेयर मूल्यमा कुनै तलमाथि भएन ।