एनपीएल दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै

Nepal Cover
३ पुष २०८१, बुधबार
image

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजेदेखि खेल सुरू हुनेछ।

जनकपुर सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ बिकेटले पराजित भएर दोस्रो क्ववालिफायर खेल्न लागेको हो भने इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश गरेका हो।

दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएल गत मंसीर १५ वाट सुरू भएको थियो।

एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।