नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घट्यो

Nepal Cover
३ पुष २०८१, बुधबार
image

काठमाण्डू, बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि बुधबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५५ ले घटेर तोलाको एक हजार ७८० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधबार चाँदी तोलाको एक हजार ८३५ रुपियाँ थियो ।