December 18, 2024
काठमाण्डू, मलेसियामा जारी महिला यू–१९ एसिया कपको सुपर–४ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एकरएक अङ्क बाँडेका छन् ।
आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो ।
पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो ।
वर्षा नरोकिएपछि दुवै टोलीले समान एकरएक अङ्क बाँडेका हुन् । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एकरएक अङ्क बाँडेका थिए ।
सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।
प्रकाशित मिति:December 18, 2024