देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको विकल्प छैन् : नेता सिटौला

  Sampatti News

December 22, 2024

काठमाण्डू, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकतावद्ध भएर जानुको बिकल्प नरहेको बताएका छन् ।

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगाएतका समस्या समाधान गर्न सक्ने उनले बताए ।

सिटौलाले व्यक्तिगत नभइ जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए ।

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकतावद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।

गएको निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गरेपनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए ।

उनले निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफरिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:December 22, 2024