December 27, 2024
पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूवृ गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा उनको बयान लिइएको थियो ।
बिहीबार देखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयन लिएको थियो ।
लामिछानेसँगै अहिलेसम्म पूर्व डीआइजी छविलाल जोशी र लिला पछाईंको बयान सकिएको छ ।
सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा सहकारी ठगी संगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको छ ।
प्रकाशित मिति:December 27, 2024