पार्टी एकताबारे बार्ता गर्न एसको कार्यालय आलोकनगर पुगे बामदेव

Nepal Cover
१५ पुष २०८१, सोमबार
image

काठमाण्डू, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।

पछिल्लो समय पार्टी एकताको प्रयासमा रहेका उनीहरुबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो।

गौतम एकीकृत समाजवादीमा जाने इच्छुक देखिएका छन्। उनलाई पार्टीको बरिष्ठ नेता बनाउनेगरी भित्र्याउने तयारीमा एकीकृत समाजवादी छ।