सहकारी ठगी प्रकरणमा रविसहित ७ जनाको बयान सकियो, थुनछेक बहस सुरु

  Sampatti News

December 31, 2024

पोखरा, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित ७ जना बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सकिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।

उनीहरुसँगको बयान सकिएसँगै मंगलबार दिउँसो २ बजेबाट थुनछेक बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।

यो मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

प्रकाशित मिति:December 31, 2024