प्रयोग भइसकेको कण्डम बटुलेर बिक्रि गर्ने पक्राउ

Nepal Cover
१२ आश्विन २०७७, सोमबार
image

कतिपय मान्छेहरु यस्ता पनि हुन्छन् कि आफ्नो सानो स्वार्थ पुरा गर्न अरुको पुरै जिन्दगि बर्बाद गर्न समेत पछि हट्दैनन् । जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ ।

यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी प्रानत बिन्ह दुुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो ।

भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार कन्डमले भरिएका यी ब्यागहरुको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिलो उम्लिएको पानीमा हाल्ने गरिन्थ्यों, त्यसपछि सुकाइन्थ्यों ।

महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों । स्रोतःबिबिसी

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कण्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।