नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

Nepal Cover
१८ पुष २०८१, बिहीबार
image

काठमाण्डू, बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रूपैयाँले बढेर १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।