January 6, 2025
काठमाण्डू, सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ ।
एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका थिए । यस्तै, माओवादीको केन्द्रीय कमिटी बैठक पनि आज बिहान धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु हुनेछ ।
आइतबारको बैठकमा एमाले र कांग्रेससहितको ओली नेतृत्वको सरकार असफल भइसकेको, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।
प्रचण्डले एमाले नेतृत्वले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई दाउपेचको विषय बनाएको आरोप पनि लगाएका छन् ।
संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ टिप्पणी अध्यक्ष पुस्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा गरेका हुन् ।
प्रकाशित मिति:January 6, 2025