२६ वर्षयता बाबु खोजिरहेका छोराछोरीको प्रश्न माओवादी अध्यक्ष दाहाललाई, कहिले टुंगिन्छ शान्तिप्रक्रिया?

Nepal Cover
२४ पुष २०८१, बुधबार
image

काठमाण्डू, २०५५ सालमा बेपत्ता बनाइएका राजेन्द्र प्रसाद ढकालको २६औँ स्मरण सभा सम्पन्न भएको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित मुख्य राजनीतिक दलका प्रमुख नेताहरु, वरिष्ठ अधिवक्ताहरु, पीडितप्रतिनिधिहरु सहितको उपस्थितिमा आज काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया सहितको २६औँ स्मरणसभा गरिएको हो।

शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटै पूरा गर्न दबाब दिनको लागि शान्ति सम्झौताका हस्ताक्षरकर्तासहितलाई एकठाउँ पारेर दबाब कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

२०५५ पुस २४ गते राजेन्द्र प्रसाद ढकाल तनहुँको जामदीबाट पक्राउ परेका थिए। प्रहरीको गस्ती टोलीले उनलाई पक्राउ गरेको थियो।

उनीसँगै दुई जना शिक्षक पनि पक्राउ परेका थिए। ती दुवै शिक्षक रिहा भएपनि ढकाल भने रिहा भएनन्।

उनको अवस्था हालसम्म पनि अज्ञात भएको पारिवारिक स्रोतले बताएको छ।