मानवअधिकार एलाइन्स धादिङको अध्यक्षमा गीता खनाल सर्वसम्मत निर्वाचित

Nepal Cover
२८ पुष २०८१, आईतवार
image

धादिङबेसी, मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) धादिङको अध्यक्षमा गीता खनाल सर्वसम्मत निर्वाचित भएकी छन् ।

धादिङबेसीमा भएको चौथो जिल्ला अधिवेशनले पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्बाचित गर्दै सम्पन्न भएको हो ।

अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष रहेकी खनाल बिगत लामो समयदेखी मानबधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल रहँदै आएकी छन् ।

अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घाटन गद मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडार्ल समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन गर्नुपर्ने बताएका थिए ।

अधिवेशनलाई नेकपा एमाले बागमती प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमती प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुुभकामना व्यक्त गरेका थिए ।