January 15, 2025
काठमाडौं । पछिल्लो पटक स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटल उद्घाटन गरे ।
पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।
प्रधानमन्त्री ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रूपमा अघि बढाउन सरकारले काम गरिरहेको बताएका छन्। बुधवार काठमाडौँको सुकेधारास्थित अन्ताराष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले होटललाई इण्डस्ट्रीको रूपमा बुझेको र तदनुसार काम अघि बढाइरहेको बताए।
उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए। उनले अन्ताराष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘हामीले होटललाई इण्डस्ट्रीको रूपमा बुझेका छौँ र इण्डस्ट्रीको रूपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्ने पनि बुझेका छौँ। यसबाट हाम्रो टुरिजम सेक्टर अघि बढ्नेछ। यसले हाम्रो विश्व सम्बन्धमा विभिन्न ढंगले सकारात्मक प्रभाव पार्नेछ। यसले होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुनेछ।’
प्रधानमन्त्री ओलीले अन्ताराष्ट्रिय ब्राण्डको कर्मक्युर होटलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति:January 15, 2025