बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

  Sampatti News 2024

January 16, 2025

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । आफू गैरकानुनी रूपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधिस पाण्डेले झालाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको हो ।

उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।

प्रकाशित मिति:January 16, 2025