पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध मुद्दा दायर

Nepal Cover
४ माघ २०८१, शुक्रबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध आरोप पत्र दायर गरेको छ ।

शुक्रबार आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनको प्रमाणपत्रबारे उजुरी परेपछि भएको छानबिनका क्रममा भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएका छन् ।