आइसिसी यू-१९ विश्वकप : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

  Sampatti News Online

January 20, 2025

काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ख रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरमा सोमबार समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमरा ७३ रनमा अलआउट भयो। 

नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाइन्। 

नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।

प्रकाशित मिति:January 20, 2025