January 22, 2025
काठमाडौँ । सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवातर्फका २ सचिवको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा सरुवा भएको छ ।
यस्तै महान्यायाधिवक्ता कार्यालयमा नायव महान्यायाधिवक्ता रहेका खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव पदमा सरुवा भएको हो ।
प्रकाशित मिति:January 22, 2025