काठमाडौँ । आफूखुसी गैरहाजिर भएका १५ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हवलदार धनबहादुर कार्कीसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ ।
