सेयर बजारमा हरियाली, कारोबार खुल्नेबित्तिकै बजार उच्छालियो

Nepal Cover
१५ माघ २०८१, मंगलवार
image

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार २४.५० अंकले बढेको छ । नेप्से ०.९३ प्रतिशतले बढेर २६५७.७७ को विन्दुमा पुगेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन नौ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँमा एक करोड ९६ लाख ६० हजार १९५ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुन र्बीमा कम्पनीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २९ करोडको शेयर किनबेच भएको छ।