न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

Nepal Cover
२१ माघ २०८१, सोमबार
image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्। सोमबार राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम नेपाल बार एसोसिएसनको सिफारिसअनुसार खड्कालाई नियुक्त गरेका हुन्। यसअघि खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। खड्का वरिष्ठ अधिवक्ता हुन्।

नेपाल बार एसोसिएसनबाट सिफारिस भएका सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि एउटा सदस्य पद रिक्त थियो। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता खड्काको नाम न्यायपरिषद् सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भई आइतबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको थियो।