अर्थ मन्त्रालयको प्रवक्तामा भण्डारी

Nepal Cover
२ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौँ । अर्थ मन्त्रालयको प्रवक्तामा सहसचिव श्याम प्रसाद भण्डारी नियुक्त भएका छन्। मन्त्रालयको निर्णयअनुसार भण्डारीले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

यसअघि प्रवक्ताका रूपमा रहेका महेश भट्टराई भन्सार विभागको महानिर्देशक नियुक्त भएपछि मन्त्रालयले नयाँ प्रवक्ता चयन गरेको हो। भट्टराईले प्रवक्ताका रूपमा विगत ६ महिनासम्म अर्थ मन्त्रालयका नीति, निर्णय, बजेट तथा आर्थिक व्यवस्थापनका सन्दर्भमा सञ्चारकर्मीहरूलाई सूचित गर्ने भूमिका निर्वाह गरेका थिए।

भट्टराईले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई स्मरण गर्दै आफ्नो कार्यकालभरि यथार्थपरक, सन्तुलित, प्रमाणिक र स्पष्ट समाचारका लागि आवश्यक जानकारी उपलब्ध गराउने प्रयास गरेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूसँगको निरन्तर संवादबाट आफूले पनि धेरै कुरा सिक्ने अवसर पाएको बताए।