परराष्ट्रमा खनाल सहित तीन जना सहसचिवमा बढुवा

Nepal Cover
२ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं । लोक सेवा आयोगले परराष्ट्र मन्त्रालयको खुला सहसचिवमा बढुवाका लागि ३ जना महिलालाई सिफारिस गरेको छ ।

आयोगले प्रकाशित गरेको अन्तर्वार्ताको नतिजाअनुसार उपसचिवहरू ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस भएको हो ।

परराष्ट्र मन्त्रालयको सहसचिवका लागि लिखित परीक्षाबाट ५ जनाको नाम छनोट भएको थियो । सहसचिवको वैकल्पिकमा मोतिबहादुर श्रीसको नाम सिफारिस भएको छ ।

सहसचिवमा सिफारिस भएकी मैनाली अष्ट्रिया, खनाल राहदानी विभाग र ताम्राकार क्यानडामा कार्यरत रहेकी थिइन् ।बढुवा भएकी तिनै जना मध्ये इला र रोशन एकै पटक परराष्ट्र सेवामा प्रवेश गरेका हुन भने रोजिना पछि परराष्ट्र छिरेकी हुन। उनीहरु तिनै जनाले सामेल भए जतिका परिक्षामा कहिल्यै असफलता ब्यहोर्नु परेको थिएन भनिन्छ । पुरुष समाजमा महिलाहरूले केही गर्न सक्दैनन् , कमजोर हुन्छ्न ,दाम्पत्य जिबनमा जोडिएकालाई त अझ पारिवारिक परिवेशका कारण अध्यन प्रयाप्त हुन सक्दैन भन्ने मनोबिज्ञान बोक्नेहरुका लागि सहसचिव खनाल सहितकाले परराष्ट्रमा यसपटक भएको बढुवा प्रतिस्पर्धाको नतिजाबाट गतिलो जवाफ दिएका छ्न। कोशिश गर्नेहरू कहिल्यै हार्दैनन।
बढुवा हुने सहसचिव खनाल सहितका तिनैजनालाई सम्पत्ति न्युज परिवार हार्दिक बधाई ज्ञापन गर्दछ।