तोलामा चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
२ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ४०० रुपैयाँले बढेको हो ।

हिजो १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।