घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

Nepal Cover
४ फाल्गुन २०८१, आईतवार
image

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।