प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ ।प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकका लागि पाँचवटा कार्यसूची छन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व २०७९/२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१) पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यस्तै, नेपाल प्रहरी विधेयक २०८१ लाई सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।