February 17, 2025
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो ।
यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन ३२ करोड ६४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २६ करोडको शेयर किनबेच भएको छ।
प्रकाशित मिति:February 17, 2025