February 18, 2025
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ११.९१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७३९ मा कायम भएको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो । यस दिन ३१४ स्टकको ९९ हजार ५८५ पटकको कारोबारमा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य र १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८२ करोड २ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ५१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको २९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रकाशित मिति:February 18, 2025