नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

Nepal Cover
११ फाल्गुन २०८१, आईतवार
image

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।  सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।