March 5, 2025
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता घिमिरेले बताए ।
आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गरेको छ ।
प्रकाशित मिति:March 5, 2025
April 1, 2025
April 1, 2025