March 5, 2025
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) फागुन २३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले जनाएको छ ।
शुक्रबार बिहान ९ बजे क्यापिटलको केन्द्रीय कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । क्यापिटलले प्रिअलोटमेन्ट भने गरिसकेको जनाएको छ ।
इन्स्योरेन्स कम्पनीले फागुन ११ देखि १५ गतेसम्म आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो । उक्त आईपीओमा १३.२७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त आईपीओमा १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जबकी कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
१ लाख ४४ हजार ५०० जनाले मात्रै उक्त कम्पनीको १० कित्ताका दरले शेयर पाउँछन् । प्रति कित्ता १०० रुपैयाँका दरको शेयर निष्काशन गरेको कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हाे । चितवनको भरतपुर महानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रकाशित मिति:March 5, 2025