March 9, 2025
काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुँदैछ।
च्याम्पियन्स ट्रफी २०२५ को उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै छन् । खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २:३० बजे शुरू हुनेछ ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै दुई टोली फाइनलमा प्रवेश गरेका थिए।
च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए। भारतले समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुने छन्।
दुवै टोलीको सम्भावित प्लेइङ-११
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी र वरुण चक्रवर्ती।
न्युजिल्याण्ड: मिचेल स्यान्टनर (कप्तान), विल योङ, रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल
प्रकाशित मिति:March 9, 2025
March 14, 2025
March 14, 2025