कोशीमा ९९ जना महिला प्रहरी कर्मचारीहरु पुरस्कृत

  Sampatti News Online

March 9, 2025

सुनसरी । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।


प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिवृद्धि गर्ने तथा कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियानअन्तर्गत उनीहरुलाई पुरस्कृत गरिएको बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेशअन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासनलगायत विभिन्न शाखामा रहेर विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट काम गर्ने एकजना महिला प्रहरी निरीक्षक, तीनजना प्रहरी सहायक निरीक्षक, दुईजना प्रहरी वरिष्ठ हवल्दार, १५ जना प्रहरी हवल्दार, १९ जना प्रहरी सहायक हवल्दार, ५६ जना प्रहरी जवान र २ प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई डिआइजी अधिकारीले थप हौसला र उर्जाका साथ पदीय जिम्मेबारी निर्वाह गर्न निर्देशन दिनुभयो ।

नेपाल प्रहरीले सम्पादन गर्ने विभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य सहभागिता कानुनद्वारा नै निर्दिष्ट गरिएको छ ।

प्रकाशित मिति:March 9, 2025