तीन महिना मै सिचाइका महानिर्देशक फेरिए
ठेक्का सेटिङ गर्ने शर्तमा बराल महानिर्देशक बने
ठेक्का सेटिङ गर्ने शर्तमा बराल महानिर्देशक बने
March 11, 2025
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले तीन महिनामै सिंचाई विभागका महानिर्देशक फेरेका छन् ।
गत मंसिर १८ गते सहसचिव देवराज निरौलालाई विभागको महानिर्देशक बनाएर सञ्जीव बराललाई मन्त्रालयको ‘कोरिडोर’ मा थन्क्याएका थिए । आज उनै बराललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।
बराललाई अघिल्ला सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएका थिए । कांग्रेस–माओवादी गठबन्धन सरकार भएका बखत चूर्णबहादुर ओलीलाई सिंचाई विभागको महानिर्देशक बनाएको थियो । ओलीलाई हटाउर उनै बस्नेतले बराललाई जिम्मेवारी सुम्पेका थिए ।
बराललाई पनि हटाएर अहिलेको सिंचाई मन्त्री खड्काले निरौलालाई बनाएका थिए । अहिले तीन महिनाकै अवधिमा निरौलालाई हटाएर बराललाई ल्याएका हुन् । निरौलालाई भने जिम्मेवारीबिनाको मन्त्रालयको उही कोरिडोरमा तानिएको छ ।अब उनलाई मन्त्रालयमा जिम्मेवारी नदिइ थन्काइने भएको छ।
बरालले आजैबाट पदको जिम्मेवारी सम्हालिसकेका छन् भने निरौला विभागबाट बिदावारी भएका छन् ।
विभाग स्रोतका अनुसार निरौलालाई हटाउनुको मुख्य कारण भने सिक्टा र रानी जमरा सिंचाई आयोजनाको ठेक्का हाे । यी दुई आयाेजना (राष्ट्रिय गौरव) काे यसपालि नयाँ ठेक्का लाग्दैछ । ठेक्कामा आखा लगाउने पार्टीले आफू अनुकूल महानिर्देशक लैजाने र काम लिने गरि शर्त सहित बराललाई हलि बनाउन लगानी गरेरै जिम्मेवारी दिएको बताइएको छ।
पछिल्ला दिनमा मन्त्रीको सरुवा आतंकले सिंचाईं विभागका कर्मचारीहरुमा थप त्रास बढेको बताइएको छ।
प्रकाशित मिति:March 11, 2025