श्रम स्वीकृति बन्द

Nepal Cover
१५ आश्विन २०७७, बिहीबार
image

काठमाडौँ । केही समयका लागि वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले मङ्गलवार एक कर्मचारीमा कोरोना पुष्टि भएकोले बुधवारदेखि सम्पूर्ण सेवा केही दिनको लागि बन्द गरिएको बताए । उनले भने, ‘एक जनामा कोरोना पुष्टि भएको छ, अन्यको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ, तत्कालका लागि सबै सेवा बन्द गरिएको छ ।