सानिमा जनरल इन्स्योरेन्सको आइपिओ यहि २१ गतेदेखि खुल्ला

  Sampatti News

October 1, 2020

काठमाडौँ । निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न लागेको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि खुल्ने गरी ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि आइपिओ निष्काशन गर्न लागेको इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ रहेको जनाएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओ १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोष को २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

पछिल्लो समय आइपीओमा रेकर्ड ब्रेक आवेदन पर्न थालेको छ । धितोपत्र बोर्डको आइपीओ बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ता सेयर अनिवार्य गरिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा २ लाख ७३ हजार जनाले न्यूनतम १० कित्ता आइपीओ पाउनेछन् ।

आइपीओ मेरो सेयर तथा आस्वा पाएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ । आइपीओ बिक्री छिटोमा असोज २४ गते बन्द हुने छ ।

प्रकाशित मिति:October 1, 2020