March 25, 2025
काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरीसहित तिन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
प्रकाशित मिति:March 25, 2025
April 1, 2025
April 1, 2025