March 25, 2025
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका ढुंगानाले नबिलको सीईओबाट राजीनामा दिएका हुन् ।
पछिल्लो समय गभर्नर पदका लागि विभिन्न व्यक्तित्वहरुको चर्चा चलेको छ । सो मध्येमा ढुङ्गाना पनि चर्चामा छन् । उनले केन्द्रीय बैंकको गभर्नरको प्रतिस्पर्धाको लागि बिदा बसेर विगतदेखि नै तयारी गरेका छन् ।
राष्ट्र बैंकका पूर्वकर्मचारीसमेत रहेका ढुंगाना चार्टर्ड एकाउन्टेण्ड हुन् । उनी राष्ट्र बैंक छाडेर तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
ढुंगाना कांग्रेस पार्टीनिकट छन् । ढुंगानसँगै राष्ट्र बैंकका सञ्चालक रविन्द्र पाण्डे र गुणाकर भट्टलाई पनि कांग्रेसमार्फत गभर्नरको आकांक्षीको रुपमा हेरिएको छ ।
यस्तै एमालेबाट डा. प्रकाश श्रेष्ठ, पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल र प्रभु बैंकका सीईओ अशोक शेरचनको चर्चा रहेको छ ।
प्रकाशित मिति:March 25, 2025
March 31, 2025
April 1, 2025
March 31, 2025
April 1, 2025