सेयर बजार ३९.१३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

Nepal Cover
१२ चैत्र २०८१, बुधबार
image

काठमाडौं । बुधबार  नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो ।

सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।

यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब २३ करोडको शेयर किनबेच भएको छ।