काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंक बढेर २६६३.३० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक बढेको छ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।
यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २६८ रुपैयाँ २९ पैसा बढेर २ हजार ९५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ।