मुख्य सचिवमा वैरागी , डा. खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत सिफारिस

  Sampatti News

October 1, 2020

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरीकाको राजदूतमा डा.यूवराज खतिवडालाई नियूक्ति गर्ने निर्णय गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। यदि उनले राजीनामा जदिएको भए सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी तीन सचिवले नै अवकास पाउने थिए । तर उनले राजीनामा दिएपछि मुख्य सचिवको दौडमा ३ जना नै लागेका थिए। वैरागी बिहानै बालुवाटार पुगेको समेत स्रोतले जनाएको छ ।

प्रकाशित मिति:October 1, 2020