March 28, 2025
काठमाडौँ । म्यानमार शुक्रबार शक्तिशाली भूकम्प गएको छ । यसको धक्का थाइल्याण्डसम्म महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको केन्द्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु सगाइङ सहरको उत्तर–पश्चिम १६ किमी (१० माइल) टाढा, १० किमी गहिराइमा रहेको जनाइएको छ। यस भूकम्पका शक्तिशाली धक्का थाइल्यान्ड र दक्षिण–पश्चिम चीनको युनान प्रान्तसम्म महसुस गरिएको छ।
सामाजिक सञ्जालमा आएको भिडियोहरूमा बैंककका केही भवनहरूमा क्षति पुगेको देखिन्छ। कतिपय भवनहरु ढलेको देखिएको छ। म्यानमारको राजधानीका सडकहरू चिरिएका छन् भने थप कति क्षति भयो भन्ने विवरणहरु आउन बाँकी छ। यसको तीव्र कम्पन बैंककका ठूला भवनहरुका माथि रहेका स्विमिङ पुलबाट पानि छछल्किरहेको देखिन्थ्यो भने मानिसहरु निस्किएर सडकमा भागेका थिए।
प्रकाशित मिति:March 28, 2025
March 31, 2025
April 1, 2025
March 31, 2025
April 1, 2025