काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको र डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।
बढे पनि पेट्रोलको भाउमा कुनै घटबढ नगरिएको तर डिजेल तथा मट्टितेलको भाउ घटाइएको निगमको भनाइ छ। यस्तै हवाइ इन्धनको मूल्य पनि घटाएर समायोजन गरिएको निगमले जनाएको छ।
