नेप्सेमा सामान्य करेक्सन, कारोबार रकम पनि घट्यो

  Sampatti News Online

April 1, 2025

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।

बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २३४ रुपैयाँ ५० पैसा बढेर २ हजार ५७९ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेसँगै शेयरमूल्य बढ्न पुगेको हो। यस दिन राधी विद्युत कम्पनी, सयपत्री हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.५६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे ४५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी होल्डिङ्खसको करिब २८ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:April 1, 2025